कोरोनाको कारण एक परिवारको ४ जनाले गुमाए ज्यान
काठमाडौँ ।नेपालगञ्जमा कोरोनाभाइरस संक्रमणले एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी बहिनी र दुई दाइको मृत्यु भएको हो ।
नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जाहिरको बुधवार बेलुका मृत्यु भएको हो । त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । उनकी बहिनी भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो ।