image
image

कोरोना संक्रमितको मृत्यु पछि स्वास्थ्यकर्मी पुपेन्द्र शाहीमाथि हातपात

काठमाडौँ। चिकित्सकको लापरबाहीले कोरोना संक्रमितको मृत्यु भएको भन्दै भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ ।भेरी अस्पतालको इमरजेन्सी विभागमा कार्यरत हेल्थ अशिष्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको हे । 

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र अस्पतालका सदस्य सचिव डा. प्रकाश थापाले हेल्थ अशिष्टेन्ट शाहीमाथि भएको हातपातको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कडा कानुनी कारबाहीको माग गरेको छ ।

धिताल र थापाले कोरोना भाइरस महामारीबाट बिरामीलाई बचाउन रातदिन सेवा गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उच्च मनोवल बनाउन सहयोग गर्नुपर्नेमा नकरात्मक गतिबिधि भएकोमा दुःख लागेको उल्लेख गरेका छन् ।

शुक्रबार बिहान साढे ८ बजेतिर अपरिचित ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले कोभिड वार्डमा आफन्तको मृत्यु भएपछि बिरामीलाई किन समयमै हेर्न नआएको भन्दै हातपात गरेका थिए ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।