image
image

कोरोनाको नयाँ भेरियण्ट बढेसँगै नेपालमाथि बेलायतले लगायो प्रतिबन्ध

काठमाडौँ। नेपालमा नयाँ भेरियण्ट सहित कोरोना भाइरस महामारीको संक्रमण बढ्न थालेपछि बेलायतले नेपाललाई रेड जोन सूचीमा समावेश गराएको छ । बेलायतले शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेश गरेको हो । बेलायती यातायात मन्त्री म्याट ह्यानककले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै थप तीन देशलाई रेड लिस्टमा राखिएको घोषणा गरेका हुन् ।

कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियेन्ट देखिएका मुलुकहरुबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिष्ट’ मा नेपालसहित करिब ४५ वटा देश समावेश भएका छन् ।

यसअघि भारत, कतार र टकीलाई बेलायतले उच्च जोखिम मुलकको सूचीमा राखेको थियो । जसले गर्दा नेपालसँगको हवाइ सम्पर्क पनि लगभग विच्छेद विन्दुमा पुगेको थियो ।

यसअघि जापान र मलेसियामा पनि नेपालीहरूलाई उच्च निगरानीमा राखिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।