अभिनेत्री शिल्पा शेट्टीको परिवार कोरोनाको चपेटामा
काठमाडौँ। बलिउड अभिनेत्री शिल्पा शेट्टीको परिवार कोरोनाको चपेटामा परेको छ। शेट्टीको परिवारमा उनीबाहेक सबै कोरोना संक्रमित भएका छन् । शिल्पा स्वयम्ले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। पछिल्ला १० दिनमा उनको सासु, ससुरा, श्रीमान्, छोरी, छोरा र आमामा पनि कोरोना पोजेटिभ देखिएको उनले इन्स्टाग्राममा उल्लेख गरेकी छिन्। सबैजनाको स्वास्थ्यावस्था सामान्य रहेको उनले जानकारी गराएकी छिन्।









