image
image

निषेधाज्ञाका बिच साता शेयर बजार" सबै सूचक सकारात्मक, करीब ३४ अर्बको शेयर कारोबार !

काठमाडौं । वैशाख १६ गतेदेखि देशका विभिन्न स्थानमा शुरु भएको निषेधाज्ञाका बिच पनि शेयर बजारको कारोबार भने उत्साह जनक रहेको छ । 

निषेधाज्ञाका कारण व्यवसायिक अन्य क्षेत्रहरु प्रभावित बनेपनि शेयर कारोबार भने पूर्ण रुपमा सञ्चालन गरिएको छ । कारोबारका लागि सञ्चालन गरिएको अनलाईन कारोबार प्रणालीमार्फत नै घरभित्र सीमित भएको जनजीवन शेयर कारोबारमा सक्रिय रहेको देखिन्छ । यो साता नेप्से परिसूचक घटबढ भएपनि औषतमा बजारका सबै परिसूचकहरु सकारात्मक रहेका छन् ।

गत साताभन्दा यो साता बजारका महत्वपूर्ण सबै सूचकहरु बढेका छन् । यो साता गत साताभन्दा नेप्से परिसूचक २६ दशमलव शून्य ३ अंक माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन वैशाख १६ गते २ हजार ६११ दशमलव १० विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन वैैशाख २३ गते २ हजार ६३७ दशमलव १३ विन्दुमा पुगेको हो ।

यो साता पाँच कारोबार दिनमा तीन दिन बजार घटेपनि परिसूचक बढेको छ । साताको पहिलो कारोबार दिन ५४ अंकले बढेको बजार दोस्रो दिन १२ दशमलव ३५ अंकले घटेको थियो । 

त्यस्तै, तेस्रो कारोबार दिन १ दशमलव ९४ अंकले बढेको बजार चौंथो दिन ५ दशमलव शून्य ९ अंक र पाँचौ दिन १२ दशमलव ४७ अंकले घटेको छ । छोटो समयमै नाफा बुक गर्नेहरु हाबी हुँदा यो साता बजार करेक्सनको सिकार भएको जानकारहरु बताउँछन् । लगानीका अन्य क्षेत्रहरु बन्द हुँदा बजारमा लगानी बढीरहेको अवस्थामा बजार घट्नुपर्ने कारण नरहेको जानकारहरुको भनाइ छ । 

समग्र शेयर कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव शून्य २ अंक बढेको छ । गत साता ४६९ दशमलव शून्य २ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४७३ दशमलव शून्य ४ विन्दुमा पुगेको छ ।

यो साता कारोबार रकम पनि गत साताभन्दा रू. ६ अर्ब ६३ करोड ७५ लाख ५५ हजार बढी भएको छ । गत साता रू. २७ अर्ब ३३ करोड १६ लाख ७० हजार बराबरको ५ करोड ६५ लाख ८८ हजार २९४ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३३ अर्ब ९६ करोड ९२ लाख २६ हजार बराबरको ७ करोड ५६ लाख ४ हजार ८८५ कित्ता शेयर कारोबार भएको हो ।

यो साता सकारात्मक रहेको शेयर बजारको कुल पूँजीकरण रू. ३६ खर्ब ५८ अर्ब ७६ करोड ४० लाख ३३ हजार पुगेको छ । गत साताको अन्तिम कारोबार दिन यो रकम रू. ३६ खर्ब २० अर्ब ८७ करोड २० लाख ९२ हजार थियो । साताको कारोबारले कुल बजार पूँजीकरण रकम रू. ३७ अर्ब ९३ करोड ६० लाख ४१ हजार बढेको हो ।
-आर्थिक अभियान दैनिकबाट 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।