टिकटक बनाउने क्रममा भीरबार खसेर एकको मृत्यु
काठमाडौँ : धरानका एक युवकको टिकटक बनाउने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।मृत्यु हुनेमा धरान–५का १८ वर्षे सुभाष परियार रहेका छन । उनि टिकटक बनाउने क्रममा उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरबाट खसेर घाइते भएका थिए ।
टाउको र अनुहारमा चोट लागेको परियारलाई उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भिम दाहालले वताए ।
धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरस्थित सडकमा बिग्रिएपछि गाडीबाट ओर्लिएर उनी टिकटक बनाउन भीरमा गएका हुन् । त्यही क्रममा सुभाष लडेको प्रहरीले जनाएको छ ।