जापानमा पनि नेपाली प्रवेशमा कडाइ
काठमाडौँ । मलेसियामा जस्तै जापान सरकारले पनि नेपालीहरूको प्रवेशमा कडाइ गर्ने भएको छ। नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि जापान सरकारले नेपालीहरूको प्रवेशमा कडाइ गर्ने भएको हो ।
नयाँ कोरोना भाइरसलाई नियन्त्रण गर्ने उपायअन्तर्गत जापान सरकारले विदेशीबाट आउने आगन्तुकहरूलाई सिद्धान्ततः १४ दिन क्वारेन्टाइन बस्ने अनिवार्य निर्णय गरेको छ। तर, जहाँ ‘म्युटेन्ट भाइरस’ संक्रमण फैलिएको छ, त्यस देशका मानिसका लागि अतिरिक्त नियम पालना गर्नुपर्ने प्रावधान तोकेको हो।
त्यस्तै नेपालबाट आउने जो कोहिले जापान प्रवेश गर्नुअघि हालको जस्तै पीसीआर रिपोर्ट नेगेटिभ ल्याउनु पर्नेछ। यसबाहेक जापानको विमानस्थलमा पीसीआर परीक्षण हुनेछ। विमानस्थलको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपनि विमानस्थल अध्यागमनले तोकेको स्थानमा ६ दिन क्वारेन्टाइन बस्नु पर्ने नियम ल्याएको छ ।