image
image

भेन्टिलेटरको चरम अभाव : पुर्‍याइयो एकैदिन दुई सङ्क्रमितलाई बिएण्डसी

काठमाडौं । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा आज एकैदिन देशका विभिन्न स्थानबाट  कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारार्थ पुर्‍याइएको छ । भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि  दाङ र पर्साका सङ्क्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पतालमा लगिएको हो  । काठमाडौँको एक नीजि अस्पतालमा उपचाररत सङ्क्रमितलाई पनि बिएण्डसी लैजाने तयारी भइरहेको बताइएको छ  ।  


उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष स्वास्थ्यकर्मी  तथा अन्तरराष्ट्रिय गुणस्तरको मापदण्ड अनुसारका प्रयोगशाला भएकाले सो अस्पताल अब्बल दाबी गरिएको छ । अस्पतालमा कोरोनाका  जटिल बिरामीलाई थप उपचार गर्न अत्याधुनिक भेन्टिलेटरसहित आइसियू श्यया अलग्गै  छ । बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग हाल ६५ भेन्टिलेटरसहित आइसियू श्यया छ ।  तीमध्ये २५ भेन्टिलेटरसहित आइसियू श्यया कोभिडका बिरामीलाई छुट्याएको र  बिरामीको आवश्यकताअनुसार थप गर्दै जाने बताइएको छ । 


अस्पतालका सूचना तथा जनसम्पर्क अधिकृत प्रमिश गिरीले दिनुभएको जानकारीअनुसार  दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत नौ दिनदेखि उपचाररत ४५ वर्षीय पेमा योगी र वीरगञ्जस्थित अली अस्पतालमा उपचाररत २९ वर्षीय हरि पौड्याललाई ‘हवाई बेड लिफ्ट’ गरी  बिएण्डसी अस्पतालमा लगिएको हो ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।