गोरखामा यात्रु ओसार्दै एम्बुलेन्स
गोर्खा : गोरखामा निषेधाज्ञाको माैका छोपेर एम्बुलेन्सले यात्रु ओसार्न थालेका छन्। गोरखामा बैशाख २२ गते राति १२ बजेदेखि लागू हुने गरी आगामी ३१ गते राति १२ बजेसम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको छ ।
अत्यवश्यक सवारी अन्तर्गत पर्ने एम्बुलेन्सले यस समयमा पनि बिरामी बोक्ने भन्दै बिभिन्न ठाउँबाट यात्रु ओसारपसार गरिरहेको पाईएको छ । सो कुरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार विज्ञप्ती जारी गर्दै निषेधाज्ञामा यात्रु बोक्ने एम्बुलेन्सलाई संक्रामक रोग ऐन २०२० बमोजिम कैद तथा जरिवाना गर्ने चेतावनी दिएको समेत दिएको छ ।