image
image

दुधौलीका नगर प्रमुख राउत कोरोना संक्रमित 

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिकाका नगर प्रमुख घनश्याम राउतलाई कोरोना पुष्टि भएको छ । नगरकै योजना अनुगनमन तथा कार्य सम्पदानका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको नगर प्रमुख घनश्याम राउतले बताए ।  

शुक्रबार आएको पीसीआर रिपोर्ट अनुसार दुई इन्जिनियर आफुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो,’ उनले भने । संक्रमणपछि राउत होम आइसोलेसनमा बसेका छन् । अहिले उनले स्वास्थ्य सामान्य रहेको बताए । 

राउतले यस अघिनै कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएका थिए । खोप गाइएको भएपनि कोरोना भाइरस संक्रमण भएको उनको भनाइ छ । राउतले नगरका सम्पूर्ण नागरिकमा सुरक्षित रहन समेत आग्रह गरेका छन् ।

झण्डै एक साताअघि नगरको धनसारीमा संचालन भएको एक योजना अनुगनमासँगै गएका प्राविधिकलाई ज्वरो आएपछि कोरोना चेकजाँच गर्दा पोजिटिभ रिपोर्ट आएको थियो । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।