image
image
घटे सेयर बजारका सबै सूचक, नेप्से २८३३ अंकमा

घटे सेयर बजारका सबै सूचक, नेप्से २८३३ अंकमा

काठमाडौं । बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) घटेको छ । सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३३.२७ अंक बढेको थियो ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ५३ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो ।  ३१ कम्पनीको मूल्य बढ्दा २३६ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.९८ प्रतिशत घट्यो ।

बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ९.४७ प्रतिशत घट्यो । भूगोल इनर्जीको ७.७९, भुजुङ हाइड्रोपावरको ७.३९ तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ४.६५ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, सोलु हाइड्रोपावर र रिडी पावर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।