न्यूनतम तलब वृद्धिमा तीन व्यवसायिक संस्थाको असन्तुष्टि
काठमाडौँ । सरकारले आर्थिक वर्ष ७८/७९ देखि लागू हुने गरी न्यूनतम पारिश्रमिक बढाएर १५००० पुर्याउने घोषणा गरेको छ। सरकारले एकलौटी रुपमा न्यूनतम पारिश्रमिक तोकेकोमा भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सन्तुष्टी जनाएका छन्।
उनीहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कोभिडले संकटमा परेका उद्योगी व्यवसायीलाई सरकारको निर्णयले मर्माहत बनाएको उल्लेख गरेका छन्। कोभिडको दोस्रो लहर शुरु भएर मुलुकको अधिकांश भागमा रहेका उद्यम व्यवसाय बन्द रहेको अवस्थामा सरकारबाट जारी भएको सूचनाले अचम्मित बनाएको तीन वटै संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै विज्ञप्तिमा तलब बढाउने भन्दा अहिले श्रमिकको रोजगारीलाई बचाउने कुरामा जोड दिनु पर्ने बताएका छन् ।