image
image

मध्य भोटेकोशीको आईपिओ स्थगित

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी आईपिओ तत्कालको लागि स्थगित हुने भएको छ ।कम्पनी आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई निष्काशन गरेको आईपिओ तत्कालको लागि स्थगित हुने भएको हो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सिन्धुपाल्चोक जिल्लामा आज (वैशाख २३ गते) देखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको समयमा स्थानीयवासीलाई आइपीओ भर्नका लागि हिडडुलमा समस्या हुने भएकाले तत्काललाई स्थगित गर्न लागिएको हो।   

त्यस्तै अब नेपाल धितोपत्र बोर्डको अनुमति लिएर आईपिओ स्थगनको सूचना प्रकाशन हुने क्यापिटलले जनाएको छ । धितोपत्र बोर्डसंगको छलफलपछि यसबारेको औपचारिक सूचना प्रकाशन हुने छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।