image
image
नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

नयाँ वर्ष २०८३ को अवसरमा सेगवे E110L स्कुटरमा विशेष अफर सार्वजनिक

 

काठमाडौँ  ।  सेगवेको आधिकारिक वितरक आइहब प्रा. लि. ले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा सेगवे E110L मोडेलको स्कुटरमा विशेष छुट र उपहार योजना सार्वजनिक गरेको छ । नेपाली बजारमा अत्यधिक रुचाइएको यो स्कुटर पुनः स्टकमा उपलब्ध गराउँदै कम्पनीले यसको मूल्य  २,८४,९९९ कायम गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले स्कुटरको खरिदमा डिजिटल ट्याब, ब्रान्डेड हेलमेट, स्कुटर कभर र टोटे ब्याग जस्ता आकर्षक उपहारहरू निःशुल्क प्राप्त गर्नेछन् ।

यसका साथै, कम्पनीले पहिलो २५ जना ग्राहकका लागि ‘अर्ली बर्ड’ डिस्काउन्टको समेत व्यवस्था गरेको छ, जस अन्तर्गत खरिद गरिने मोडेल अनुसार अधिकतम ४१,००० सम्म बचत गर्न सकिनेछ ।

ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै कम्पनीले एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (AMC), शून्य प्रतिशत इएमआई (0% EMI) र पुरानो सवारीसँग साट्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराएको छ ।

प्राविधिक पक्षतर्फ, सेगवे E110L मा २४०० वाटको मोटर जडान गरिएको छ, जसले १५० न्यूटन–मिटर टर्क प्रदान गर्दछ र अधिकतम ६२ किलोमिटर प्रतिघण्टाको गति दिन्छ । यसमा रहेको ७२ भोल्ट २४ एम्पियर–घण्टाको लिथियम ब्याट्रीले एक पटकको फुल चार्जमा ६० देखि ११० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ ।

सुरक्षा र सहजताका लागि यसमा जीपीएस ट्र्याकिङ, एन्टि–थेफ्ट सिस्टम, क्रूज कन्ट्रोल, र रिजेनेरेटिभ ब्रेकिङ जस्ता अत्याधुनिक स्मार्ट सुविधाहरू समावेश गरिएका छन् । २७ लिटरको बुट स्पेस र १३० मिमी ग्राउन्ड क्लियरेन्स भएको यो स्कुटर सहरी यात्राका लागि निकै उपयुक्त मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।