image
image
हवाई इन्धन मूल्य वृद्धि, नयाँ भाडा दर समायोजन

हवाई इन्धन मूल्य वृद्धि, नयाँ भाडा दर समायोजन

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य दोब्बर बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गरेका छन् ।

निगमले २०६२–१२–१८ गतेदेखि कायम गरेको प्रति लिटर १२४० रुपैयाँ बाट २५११ रुपैयाँ कायम गरेको छ । हवाई इन्धनको मूल्य वृद्धि कारण वायुसेवा संचालित संघका सदस्य वायुसेवा कम्पनीहरूले आफ्नो उडान भाडा र हेलिकप्टर भाडा दर स्वतः समायोजन गर्ने भएका हुन् ।

संघका प्रवक्ता मुरलीधर जोशीका अनुसार, हवाई इन्धनको मूल्य बढ्दा यात्रुहरूको भाडा दर पनि तत्काली समायोजन गरिने अभ्यास हुँदै आएको छ । साथै, यस मूल्य वृद्धिले सर्वसाधारणमा पर्न सक्ने असुविधाप्रति संघले क्षमा याचना गरेको छ ।

यात्रुहरूले नयाँ हवाई भाडा दर लागू हुने विवरण आफ्ना उडानको टिकट बुकिङ वा एयरलाइन वेबसाइटमार्फत थाहा पाउन सक्ने जनाइएको छ ।

‘हवाई इन्धनको मूल्य बढ्दा वा घट्दा भाडा दर तत्कालीक रूपमा समायोजन गरिने प्रचलन छ । यसले यात्रुहरूमा पर्न सक्ने असुविधा प्रति हामी क्षमायाचना गर्दछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।