image
image
एपोलो हाइड्रोपावरले चैत २६ देखि आईपीओ निष्कासन गर्ने

एपोलो हाइड्रोपावरले चैत २६ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले परिपक्व भइसकेका बचतपत्रको साँवा तथा ब्याज रकम अझै नलिएको पाइएपछि सम्बन्धित बचतपत्रधनीलाई यथाशीघ्र भुक्तानी लिन आह्वान गरेको छ । राष्ट्र बैंक अन्तर्गतको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रका धनीहरूलाई लक्षित गर्दै सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्म परिपक्व भएका तर भुक्तानी लिन बाँकी रहेका रकम तुरुन्त बुझ्न आग्रह गरेको हो ।

विभागद्वारा जारी सूचनामा भनिएको छ, “नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा आर्जित ब्याज रकम भुक्तानी लिन बाँकी रहेको देखिएकाले यथाशीघ्र सम्पर्क गरी भुक्तानी लिनुहुन अनुरोध छ ।”

राष्ट्र बैंकले लामो समयसम्म परिपक्व रकम दाबी नगरी राख्नु उपयुक्त नहुने उल्लेख गर्दै सम्बन्धित बचतपत्रधनी वा उनीहरूका आधिकारिक प्रतिनिधिलाई आवश्यक कागजातसहित मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न आग्रह गरेको छ ।

नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्र नेपाल सरकारद्वारा जारी गरिने सरकारी ऋण उपकरण हुन्, जसमार्फत सर्वसाधारण तथा विदेशमा कार्यरत नेपालीबाट आन्तरिक स्रोत परिचालन गरी विकासका कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।