कोरोना संक्रमित बिरामीका लागि अस्पतालमा २० हजार बेड र १७ सय आईसीयू
काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमिको उपचारका लागि २० हजार बेड, १७ सय आईसीयू र सात सय भेन्टिलेटर रहेको जनाकारी गराएको छ ।
गृह मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर ४७२ अस्पताल, १९ हजार ८८२ बेड, १७ सय १४ आईसीयू र ६९२ भेन्टिलेटर रहेको छ ।
३१ अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट भएको र ती अक्सिजन प्लान्टबाट दैनिक २५ सय ४९ सिलिन्डर भर्न सकिन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उधृत गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।