image
image
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो ।

कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि ४ लाख ९० हजार कित्ता छुट्याइएको छ ।

त्यसैगरी सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन स्थानीयका लागि चैत २४ सम्म ९आवश्यक परे वैशाख ९ सम्म० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत २४ सम्म खुला रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।