image
image

अब श्रम स्वीकृति अनलाइनमार्फत मात्र दिईने 

काठमाडौँ । वैदेशिक रोजगार विभागले भोलिदेखि श्रम स्वीकृति दिन बन्द हुने र अनलाइनमार्फत पुनः श्रम स्वीकृति भने लिन सकिने बताएको छ। विभागले भोलिदेखि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवा बन्द गर्न आफू मातहतका श्रम कार्यालयहरुलाई निर्देशन दिएको हो ।

कोरोना संक्रमणको जोखिम अत्याधिकरुपमा बढेर अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द भएपछि विभागले भौतिक रुपमा उपस्थित भएर दिइने सेवा बैशाख २४ देखि बन्द गर्न निर्देशन दिएको छ ।   


विभागको निर्देशन अनुरुप भौतिक रुपमा उपस्थित भएर दिइने सेवाहरु जस्तो अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सञ्चालन नभएसम्मको लागि बन्द गरेको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले जनाएको छ । यद्यपी अनलाइन मार्फत पुनः श्रम स्वीकृति भने प्रदान गरिने कार्यालयले जनाएको छ । 



  
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।