image
image
सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

सोपान फर्मास्यूटिकल्सको आईपीओ निष्कासन

काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा पहिलो चरणमा त्यसको १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूका लागि छुट्याएको हो । इच्छुक आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्मका लागि चैत १२ गतेभित्र आवेदन दिन सक्नेछन् । यदि यस अवधिमा पूर्ण आवेदन नपरेमा चैत २३ गतेसम्म समय थपिनेछ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको यस आईपीओमा ‘मेरो शेयर’ अनलाइन वा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले लगानीमा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले कुल शेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोष र ४ प्रतिशत कर्मचारीहरूका लागि सुरक्षित गरेको छ भने बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर पछि सर्वसाधारणका लागि निष्काशन गरिने जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।