पूर्वमन्त्री मोतीप्रसाद पहाडीको कोरोनाबाट मृत्यु
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमित भई भेरी अस्पतालमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहीबार बिहान १.४० बजे मृत्यु भएको हो ।
उच्च रक्तचाप र मधुमेहबाट पीडित उहाँ कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा बसेको बेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा केही सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएको र केही समयपछि निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी गराएका हुन्।