image
image
सानिगाड हाइड्रोको पहिलो चरणको आईपीओ आज देखि बिक्री खुला

सानिगाड हाइड्रोको पहिलो चरणको आईपीओ आज देखि बिक्री खुला

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज चैत ८ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै सेयर निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजीको २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता सेयर सार्वजनिक गर्न स्वीकृति पाएको थियो। यसमध्ये पहिलो चरणमा कुल मूल्य २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको छ ।

यो सेयर अति प्रभावित क्षेत्रअन्तर्गत बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नम्बर १, २ र ४ का बासिन्दाका लागि १८ लाख ५२ हजार ५०० कित्ता छुट्याइएको छ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता भने सोही नगरपालिकाका वडा नम्बर ३, ५, ६, ७, ९, १० र ११ का बासिन्दामा वितरण गरिनेछ।

यसैगरी सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरमध्ये १० प्रतिशतले हुन आउने ५ लाख ७० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सुरक्षित गरिएको छ। जसमा सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएका नेपालीहरूले मात्र यसमा आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।