संसद सचिवालयका २ कर्मचारी सहित थप ४ सांसदलाई कोरोना संक्रमण
काठमाडौँ : संघीय संसद सचिवालयका २ कर्मचारी सहित थप ४ सांसदलाई कोरोना संक्रमण कोरोना संक्रमण पुष्टि भएको छ । हिजो लिइएको स्वावको पिसिआर परीक्षण गर्दा उपसचिव रामकुमार पौडेल र नासु कमलप्रसाद भुसालको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, नरमाया ढकाल र रामबाबु यादवको रिपोर्ट पोजेटिभ आएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते आह्वान गरिएको विशेष अधिवेशनका लागि सचिवालयले बुधवार र बिहीवार गरी सांसद, कर्मचारी, सुरक्षाकर्मी, पत्रकारहरु, मर्यादापालकको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेको हो। बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो। आज पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा स्वाव संकलन भइरहेको छ ।