कञ्चनपुरको ईँटाभट्टामा कार्यरत नाबालकको मृत्यु
काठमाडौँ । कञ्चनपुरको एक ईँटाभट्टामा दैनिक ज्यालादारीमा कार्यरत एक नाबालकको मृत्यु भएको छ । गयराती भीमदत्त न.पा.का–८ तिलाचौर स्थित जगदम्बा ईटाभट्टा कार्यरत १३ वर्षीया अर्जुन पुजाराको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक लाल बहादुर बमले कोईला पिस्ने मेसिनमा परि बालकको मृत्यु भएको जानकारी गराएका छन्। भीमदत्त न.पा.का–१० तिलाचौरका बालक सिद्धनाथ माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत थिए ।
कोरोना महामारीका कारण लकडाउन भई विद्यालय बन्द भएपछि बालक इटाभट्टामा दैनिक ज्यालादारीमा काम गर्दै आएको प्रहरीले बताएका छन्। नाबालकलाई श्रममा लगाउनेमाथि कारबाहीको माग अघि सार्दै स्थानीयले इटाभट्टा घेराउ गर्दै बिरोध गरेका थिए ।
मृतक नाबालकको शव महाकाली अस्पतालमा ल्याइएको छ । तर, मृतक पीडित पक्षले भने दोषि उपर कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।