शय्या चाहियो; यी नम्बरमा फोन गर्नु होस्
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ ।
मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्र्पक गर्न आग्रह समेत गरेको हो ।
सङ्क्रमणको दोस्रो भेरियन्ट सर्वाधिक रुपमा फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरिका अस्पतालमा शय्याको अभाव भएको छ । बुधबार मात्र आठ हजार ६५९ जना नयाँ सङ्क्रमित थपिएका थिए भने ५८ को ज्यान गुमाएको थियो ।
ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने र अस्पताल जान नसकेको अवस्थामा अस्पताल लैजान सहज गराउने मन्त्रालयले बताएको छ । चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ ।