image
image

वीरको नयाँ भवनलाई कोभिड अस्पताल बनाउने तयारी

काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका ४ ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पताल शनिबारसम्म सञ्चालन गर्ने जानकारी गराएको छ । वीर अस्पतालको नयाँ भवनमा कोरोना संक्रमितलाई कम्तीमा ५०० शय्या सहितको सेवा दिने तयारी गरेको छ ।

त्यस्तै, भक्तपुरको खरिपाटी, काठमाडौंको दहचोक र इचंगु नारायणमा पनि आईसीयू सेवा सहितको कोभिड अस्पताल वैशाख २५ भित्र सञ्चालनमा ल्याउने कार्ययोजना बनाएको छ । पहिलो भेरियन्टको कोरोना महामारीका बेलामा पनि यी ठाउँमा रहेका संरचनालाई प्रयोगमा ल्याइएको थियो ।

केन्द्रीय राजधानी काठमाडौंमै कोरोना बिरामीको लागि शय्या अभाव भएपछि सरकारले विभिन्न विकल्पको खोजी गर्दै आएको छ । यसै अन्तर्गत् सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोरोना विशेष अस्पताल बनाउने तयारी गरेको छ । सो सम्बन्धमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीरअस्पतालका प्रतिनिधिसँग केही दिन अघि छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।