image
image
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट देखापरेको बीबीसीले जनाएको छ । ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए । तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेटमा तेल ढुवानीमा अवरोध गरे कडा कारबाही गरिने चेनावनी दिएका छन् । उनले ट्रुथ सोशलमार्फत् यस्तो चेनावनी दिएका हुन् ।

‘यदि, इरान स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीमा अवरोध सिर्जना गरे अमेरिकाले उसमाथि अहिलेसम्म गरेको आक्रमणको २० गुणा बढी शक्तिशाली हमला गर्नेछ,’ ट्रम्पले लेखेका छन् ।

बीबीसीका अनुसार विश्वभर कुलमध्ये झण्डै २० प्रतिशत तेल यही समुद्री बाटो हुँदै ढुवानी हुने गर्दछ । इजरायल–इरान युद्धका कारण समुद्री बाटोको आवागमन धेरै कम भएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा तीब्र बढोत्तरी देखिएको छ ।

‘यसबाहेक हामी इरानका ती लक्ष्यहरूलाई निशाना बनाउने छौं, जुन सहजै नष्ट गर्न सकियोस् । जसबाट इरानलाई फेरि एउटा देशका रूपमा खडा हुन लगभग असम्भव हुने छ,’  ट्रम्पले भनेका छन्, ‘उनीहरू माथि मृत्यु, आगो र ठूलो विनासको वर्षा हुने छ । तर, मलाई आशा छ र प्रार्थना गर्छु यस्तो नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।