अस्ट्रलियन आईपीएल खेलाडीलाई घर फर्किन मुस्किल
काठमाडौँ । अस्ट्रेलियाका आईपीएल खेल्ने खेलाडीलाई घर फर्किन कठिन भएको छ। कोरोना भाइरस महामारीका कारण आईपीएल बीचमै स्थगित भएपछि उनिहरुलाई घर फर्किन गाह्रो भएको हो।
कोरोना भाइरस महामारीकै कारण अस्ट्रेलियाले भारतबाट स्वदेश फर्कनेलाई पाँच वर्ष जेल सजाय र जरिवाना गर्ने निर्णय गरेको थियो। त्यसकारण खेलाडीहरु समस्यामा परेका छन्। अस्ट्रेलियाका माइक हसी कोरोना संक्रमित नै भएका छन्। अस्ट्रेलियन खेलाडी श्रीलंका वा माल्दिभ्समा क्वारेन्टिन बसेर घर फर्किने योजना बनाएका छन्।