यी हुन् एकैपटक ९ वटा बच्चा जन्माउने महिला, यस्तो छ स्वास्थ्य अवस्था
काठमाडौँ । अफ्रिकी मुलुक मालीकी एक महिलाले एकैपटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सातवटा भ्रुण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।
२५ वर्षीया हलिमा सिसेले ५ बालिका र ४ बालकलाई जन्म दिएकी हुन् । माली सरकारले उनको सुरक्षित प्रसुतीका लागि मोरक्को पठाएको थियो । मालीको स्वास्थ्यमन्त्रीले सबै बच्चा स्वस्थ रहेको जानकारी दिएका छन्
उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ । डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन्।एजेन्सी