image
image
आज सामान्य अङ्कले घट्यो नेप्से, कति भयो कारोबार ?

आज सामान्य अङ्कले घट्यो नेप्से, कति भयो कारोबार ?

 

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.१६ अङ्कले घटेको छ । आइतबार सार्वजनिक बिदा भएका कारण सातामा पहिलो दिन सोमबार खुलेको बजार घटेर २६६२.९१ विन्दुमा ओर्लिएको हो । आज बजारमा दिनभरमा ३३५ वटा कम्पनी १ करोड ९६ लाख कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा कारोबार भएको छ । 

आजको बजारमा कुल १६३ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८६ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् भने ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। रिलायन्स स्पिनिङ मिल र सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसमध्ये रिलायन्स र सालपा आईपीओ जारी भई आजदेखि कारोबार भएका कम्पनी हुन् । 

यस्तै, अपर स्याङे हाइड्रो र गणपति लघुवित्तका लगानीकर्ताहरू पनि क्रमशः ८.१८ र ५.९६ प्रतिशत नाफा कमाउन सफल भएका छन् । आज खानीखोला हाइड्रोपावर ८.१८ गिरावटसहित सर्वाधिक गुमाउने कम्पनी बन्यो । बजारमा आज फाइनान्स होटल र उत्पादनमूलक बाहेक सबै समूहमा गिरावट आएको छ । हाइड्रो समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज रुरु जलविद्युत परियोजना ६५ करोड ३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्दै शीर्ष स्थानमा रहेका छन् । आँखुखोला जलविद्युतको ५२ करोड ३६ लाख र ङादी ग्रुप पावर ४८ करोड २७ लाख रुपैयाँको कारोबार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।