पश्चिम बंगालमा भएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुग्यो
काठमाडौँ : भारतको पश्चिम बंगालमा चुनावी नतिजापछि भएको हिंसामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। बितेको २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा थप तीनजनाको मृत्यु भएसँगै मृतकको संख्या १७ पुगेको हो।
मृत्यु हुनेमा ९ जना भारतीय जनता पार्टीका रहेका छन् भने ७ जना तृणमुल कांग्रेस पार्टीका कार्यकर्ता रहेको छन । त्यस्तै मृतक मध्ये एकजना इण्डियन सेक्युलर फ्रन्टका कार्यकर्ता रहेको बताइएको छ।
मंगलबार पूर्व मेदिनीपूरका साथै पश्चिम मेदिनीपुर, बिरभूम, जलपाइगुडी तथा दक्षिण दिनाजपुरमा हिंसा भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।