image
image
होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला


काठमाडौं ।  होटल फरेष्ट इन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि कुल ३३ लाख २० हजार कित्ता साधारण शेयर निष्कासन गरेको हो ।

निष्कासन गरिएका शेयरमध्ये २ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ८० हजार कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म शेयरका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयमार्फत दिन सकिनेछ । साथै, मेरो शेयर प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध छ ।

यो आईपीओ निष्कासन छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गते बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

होटल फरेष्ट इन लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसअन्तर्गत पहिलो चरणमा कम्पनीले पुस २४ गतेदेखि माघ ८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ जारी गरिसकेको छ । पहिलो चरणको निष्कासनपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ खुला गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।