image
image
एलपी  ग्यास अभावको हल्ला निराधार : नेपाल आयल निगम

एलपी ग्यास अभावको हल्ला निराधार : नेपाल आयल निगम

काठमाडौं । एलपी ग्यास अभावको हल्ला निराधार भएको नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डीका प्रसाद भट्टले बताएका छन् ।

पछिल्लो समय बजारमा एलपी ग्यास अभाव भएको भन्दै फैलिएको हल्लामा विश्वास नगर्न भन्दै उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । उनले आपूर्ति सहज र पर्याप्त रहेको स्पष्ट पारेका छन् । दैनिक उपभोगका लागि आवश्यक एलपी ग्यास नियमित रूपमा नेपाल भित्रिरहेको उनले बताएका छन् ।

उनकाअनुसार नेपालमा प्रतिदिन करिब ९० बुलेट, अर्थात करिब १ लाख १४ हजार सिलिण्डर एलपी ग्यास आवश्यक पर्छ । तर पछिल्ला तीन दिनमा भारतीय आयल कर्पोरेशन ९आइओसी० बाट सोभन्दा बढी मात्रामा ग्यास लोडिङ भएको छ ।

‘लोडिङ विवरणअनुसार शनिबार ११८ बुलेट ९करिब १ लाख ४९ हजार ५ सय सिलिण्डर०, सोमबार ११५ बुलेट ९करिब १ लाख ४५ हजार ७ सय सिलिण्डर० र मंगलबार १३२ बुलेट (करिब १ लाख ६७ हजार ३ सय सिलिण्डर) एलपी ग्यास लोड गरिएको छ,‘ तीमध्ये केही बुलेटहरू बाटोमै रहेका छन् भने थप बुलेटहरू नेपाल प्रवेश गर्ने क्रममा रहेका छन् । तसर्थ, आदारणीय उपभोक्ताज्युहरुलाइ अनावश्यक रुपमा ग्यास स्टक नगरिदीनुहुन अनुरोध छ ।’यस्तै, उनले निर्वाचन अवधिभर पनि हालकै परिमाणमा ग्यास आपूर्ति जारी रहने स्पष्ट पारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।