image
image

भारतबाट आउने यात्रुका लागि तोकियो होटल क्वारेन्टिन

काठमाडौं।  भारतको नयाँ दिल्लीबाट हुने उडानमार्फत् नेपाल आउने यात्रुका लागि आठवटा होटल क्वारेन्टिन तोकिएको छ।सातामा दुइदिन हुने नेपाल र भारत विचको उडानमा आउनेका लागि होटल क्वारेन्टिन अनिवार्य गरिएको हो। 

गोदावरीस्थित भ्यू भृकुटी, गुह्वेश्वरीस्थित माधव होटल, एयरपोर्टस्थित एयरपोर्ट होटल, गौशालास्थित अमादब्लम होटेल, रिडर्स इन र आनन्द आश्रम, जगातीस्थि फार्म हाउस रिसोर्टट र ए-वान रिसोर्टलाई संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार यी होटलले यात्रुलाई विमानस्थलबाट होटलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन्। त्यस्तै मूल्यअभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने गरी होटल क्वारेन्टिन तोकिएको हो।    

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।