image
image
अब खल्तीबाटै नेपाल टेलिकमको ई–सिम लिन सकिने

अब खल्तीबाटै नेपाल टेलिकमको ई–सिम लिन सकिने

काठमाडौं । अब डिजिटल वालेट खल्ती मार्फत सहजै नेपाल टेलिकमको ई-सिम लिन सकिने भएको छ । खल्तीले नेपाल टेलिकमसँगको सहकार्यमा प्रयोगकर्ताको सहजताका लागि यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो ।

नयाँ ई-सिम लिनका लागि सबैभन्दा पहिला आफ्नो मोबाइल फोनले ई-सिम सपोर्ट गर्छ वा गर्दैन भन्ने कुरा निश्चित गर्नुपर्ने हुन्छ । त्यसका लागि फोनमा *#06# डायल गर्नुहोस् । यदि त्यहाँ आईएमईआई (IMEI) नम्बरसँगै ईआईडी (EID) नम्बर पनि देखिन्छ भने तपाईंको फोनमा ई-सिम चल्छ भन्ने बुझिन्छ ।

ध्यान दिनुपर्ने कुरा के छ भने खल्तीमार्फत हाललाई पुरानो सिमलाई ई-सिममा परिवर्तन गर्न मिल्दैन, केवल नयाँ ई-सिम मात्र लिन सकिन्छ । साथै, खल्ती अकाउन्ट जुन व्यक्तिको नामबाट प्रमाणित गरिएको छ, सिम पनि उसैको नाममा मात्र प्राप्त हुनेछ र एक पटक खरिद गरिसकेपछि रकम फिर्ता हुँदैन ।

ई-सिम खरिद गर्नका लागि सबैभन्दा पहिला खल्ती एप खोल्नुहोस् र होमपेजबाट स्क्रोल गर्दै ‘NTC E-SIM’ को अप्सन छान्नुहोस् । त्यसपछि त्यहाँ मागिए अनुसार आफ्नो नाम, बुबा, आमा र बाजेको नाम, जन्ममिति तथा आवश्यक कागजातका विवरण भर्नुहोस् ।

सबै विवरणहरू भरिसकेपछि एक पटक पुनः जाँच गर्नुहोस् र अन्तिममा रहेको ‘Purchase’ बटनमा ट्याप गर्नुहोस् । यति गरेपछि खल्तीले नेपाल टेलिकमसँगको समन्वयमा तपाईंको विवरणको प्रमाणीकरण गर्छ ।

विवरणहरू प्रमाणित भइसकेपछि प्रयोगकर्ताले उपलब्ध गराएको ईमेलमा ई-सिमको क्यूआर कोड पाउने कम्पनीले उल्लेख गरेको छ । उक्त कोडलाई आफ्नो मोबाइलबाट स्क्यान गरेपछि ई-सिम एक्टिभ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।