लुम्बिनी प्रादेशिक अस्पतालमा ७ जना संक्रमितको मृत्यु
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । मंगलबार बिहानदेखि बुधबार बिहानसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो । हिजो मंगलबार ५ जनाको मृत्यु भएको थियो भने आज बुधबार २ जना थपिएका छन् ।
मंगलबारगुल्मीको कालिगण्डकी गाउँपालिका–७ का ५५ वर्षीय पुरुष, रुपन्देहीको सैनामैना नगरपालिका–३ की ६९ वर्षीय महिला, रुपन्देहीको कञ्चन गाउँपालिका–४ की २७ वर्षीय महिला, गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ का ४५ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका १२ का ४७ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
त्यस्तै रुपन्देहीकै बुटवल–९ की ५४ वर्षीय महिलाको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको थियो भने त्यसको ५ मिनेटपछि तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीय महिलाको मृत्यु भएको हो ।