image
image
सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड

काठमाडौं — नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य पहिलो पटक ३ लाख रुपैयाँ नाघ्दै ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको छ।

अघिल्लो दिनको तुलनामा एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, डलरको उतारचढाव तथा सुरक्षित लगानीतर्फ लगानीकर्ताको आकर्षण बढ्नुले नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागेको व्यवसायीहरूले बताएका छन्।

लगातार बढ्दो मूल्यका कारण सुनका गरगहना खरिदमा कमी आउन सक्ने अनुमान गरिएको छ भने बजारमा चाँदीको मूल्य पनि नयाँ उचाइतर्फ उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।