कतारको जेलमा रहेका १४ नेपालीलाई आममाफी
काठमाडौँ । कतारको जेलमा रहेका १४ नेपालीलाई आममाफी दिईने भएको छ । कतारको राजधानी दोहास्थित नेपाली दूतावासका अनुसार रमदान वर्षको अवसरमा कतारको केन्द्रीय कारागार र अन्य विभिन्न कारागारमा सजाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो।
आममाफी पाएका नेपालीहरूलाई घर फर्काउन कतार सरकारका सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय तथा सहजीकरण शुरु गरेको दूतावासको भनाइ छ ।त्यस्तै दूतावासले कोरोना भाइरसको बढ्दो सङ्क्रमणको जटिलताका कारण जेल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि कतार सरकार समक्ष अनुरोध गर्दै आएको बताएको छ ।