image
image

भारतमा दिनदिनै बढ्न थाल्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ २२ वैशाख । भारतमा दिनदिनै  पेट्रोल र डिजेलको मूल्य बढ्न थालेको छ । मङ्गलबार पनि यी दुई पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको थियो ।बुधबार पनि पेट्रोलको मूल्य प्रतिलिटर भारु १९ पैसा र डिजेलको मूल्य भारु २१ पैसा वृद्धि भएको छ । राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर भारु ९०.७४ कायम भएको छ भने डिजेलको मूल्य भारु ८१.१२ रहेको छ ।

त्यस्तै भारतीय तेल कम्पनीहरुले मङ्गलबार पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेका थिए । मङ्गलबार प्रतिलिटर पेट्रोलमा ६७ पैसा र डिजेलमा १८ पैसा वृद्धि भएको थियो ।सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत वर्षको मार्च यता पेट्रोलमा प्रतिलिटर भारु २१.५८ र डिजेलमा भारु १९.१८ ले वृद्धि गरिसकेका छन् ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।