image
image

सेयर बजार ओरालो लग्यो , हेर्नुहोस् कतिले घट्यो

काठमाडौं माघ १५ ।  साताभर उतार चढाबमा रहेको सेयर बजार आज  बिहीबार भने ओरालो लागेको छ । हिजो समान्य बढेको सेयर बजार आज १६ अंकले घटेर परिसूचक २४२५ अंकमा खस्किएको छ । बजार ओरालो लागे पनि कारोबार रकम भने बढेको छ ।

आज  ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १ सय २८ रुपैयाँमा २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ । २ सय ९ कम्पनीको शेयर किनबेच भएको हो ।

निर्जीवन, प्रशोनध तथा उत्पादन, लघुवित्तबाहेका सबै समूहका परिसूचक ओरालो लागेका छन् । आज पनि निर्जीवन बीमा समूहको परिसूचक ४१० अंकले बढेको छ ।

साताको आइतबार ५० अंकले बढेको बजार सोमबार १६ अंकले बढेको थियो । मंगलबार १७ अंकले घटेर बुधबार १८ अंकले बढेको थियो । अन्तिम दिन बिहीबार भने १६ अंकले घटेको छ । यसरि यो हप्ता सेयर बजारमा उतार चढाबमा रहेको छ । 

सेयर बजारमा ‘क’ वर्गका कम्पनीका कारोबार गणना गर्ने सूचक सेन्सेटिभ इन्डेक्स समेत ४ अंकले घटेर ४४२ अंकमा पुगेको छ । लगानीकर्ताको आकर्षण ज्यादा खेल्न पाइने कम मूल्यका सेयर भएका कम्पनीतिर भएकोले पनि सेन्सेटिभ इन्डेक्स घटिरहेको शेयर बजारका विश्लेषकहरु बताउँछन् ।

त्यस्तै,  बिहीबार शेयर बजारमा १० खर्ब ६६ अर्बको बजार पूँजीकरण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।