झापामा लुटिएको एसएलआर गोली र ३०३ राइफल, प्रहरीद्वारा बरामद
काठमाडौँ । प्रहरीले झापाको कमल गाउँपालिकाबाट ५५ राउन्ड एसएलआर गोली बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी दिपेश कार्कीले दिएको जानकारी अनुसार उक्त गोली केही समयअघि जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि भएको आक्रमणमा संलग्न उच्छृङ्खल समूहले लुटेको पुष्टि भएको छ।
त्यस्तै, आइतबार प्रहरीले दमकबाट ३०३ राइफल समेत फेला पारेको छ। सो राइफल इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनकारी समूहले लुटेको थियो।
प्रहरीले हाल लुटिएका अन्य हतियार तथा गोला–बारुदको खोजी कार्य तीव्र पारिएको जानकारी दिएको छ।









