image
image
सुनको मूल्यमा ठूलो गिरावट, चाँदीको मूल्यमा वृद्धि

सुनको मूल्यमा ठूलो गिरावट, चाँदीको मूल्यमा वृद्धि

काठमाडौँ ।  नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ भने चाँदीको मूल्य भने बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु २,३९,२०० मा कारोबार भएको छापावाला सुनको मूल्य आज रु ४,२०० ले घटेर रु २,३५,००० मा झरेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य भने उकालो लागेको छ। बिहीबार प्रतितोला रु ३,०२५ मा कारोबार भएको चाँदी आज रु ६० बढेर रु ३,०८५ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्यमा उतारचढाव देखिएको छ। आज एक औँस सुनको मूल्य ३,०५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।