शान्तिपूर्ण प्रदर्शनका क्रममा डा. निकोलस भुसालसहित ३ जना पक्राउ
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शनको तयारीमा रहेका डा. निकोलस भुसालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डा. भुसालका साथै सञ्जीव दाहाल र अर्का एक व्यक्ति रहेका छन्।
उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौँमा राखिएको प्रहरीले जनाएको छ। माइतीघर क्षेत्रमा भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने योजना रहेको जानकारी दिइएको थियो।









