image
image
जेन–जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

जेन–जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

काठमाडौँ । जेन–जी आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदका परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने घोषणा गरेको छ। ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनका प्रत्येक सहिद परिवारका एक–एक सदस्यलाई रोजगार अवसर उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन्।

चौधरीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गर्दै आन्दोलनको क्रममा समूहका निजी निवास, कार्यालय, सोरुम र कारखानाहरूमा व्यापक क्षति पुगेको भए पनि सहिद परिवारप्रति सम्मान प्रकट गर्न रोजगारी दिने निर्णय गरिएको बताएका छन्।

उनले उक्त घोषणा केवल वाचा मात्र नभई गहिरो कर्तव्य र श्रद्धा भएको पनि उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।