महेश बस्नेतको चेतावनी: "प्रतिशोधपूर्ण व्यवहार गरे गम्भीर परिणाम भोग्नुपर्छ"
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेनजी अभियन्ता सुदन गुरुङलाई सामाजिक सञ्जालमार्फत कडा चेतावनी दिएका छन्। उनले प्रतिशोधपूर्ण र दमनकारी शैली अपनाए गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन्।
बस्नेतले फेसबुक पोस्टमा लेखेका छन्, ‘आफूलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक विचार राख्ने व्यक्तिहरूलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरू र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयलाई प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’









