image
image
"जेनजी समूहको दबाबपछि राजधानीमा सुरक्षा सतर्कता, प्रहरी हाई अलर्टमा"

"जेनजी समूहको दबाबपछि राजधानीमा सुरक्षा सतर्कता, प्रहरी हाई अलर्टमा"

काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङ नेतृत्वको समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी अभियोगमा जाहेरी दर्ता गराउन दबाब दिएपछि राजधानी काठमाडौँमा सुरक्षा संवेदनशीलता उच्च बनेको छ।

सोमबार जेनजी समूह जिल्ला प्रहरी परिसर, काठमाडौँ (भद्रकाली) पुगेर जाहेरी दर्ताको माग गर्दै दबाब दिएपछि प्रहरी प्रशासनले सतर्कता बढाएको हो। समूहसँग भएको अनौपचारिक संवादपछि राजधानीमा रहेका सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको प्रहरीले जनाएको छ।सोमबार साँझदेखि नै काठमाडौँ जिल्लामा खटिएका प्रहरीहरूलाई नियमित ड्युटीबाट हटाएर सम्भावित हुलदङ्गा नियन्त्रणका लागि 'अलर्ट' मोडमा राखिएको छ। सुरक्षा निकायका प्रमुखहरूसँग प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा राती आपतकालीन छलफल गरेकी थिइन्। छलफलमा जेनजी समूहको ओली र लेखकको गिरफ्तारीसम्बन्धी माग उठाइएको भए पनि कुनै ठोस निर्णय भने नलिइएको एकजना उच्च सुरक्षा अधिकारीले जानकारी दिए।

पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध कारबाहीका लागि गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको आधार लिनुपर्ने सुरक्षा अधिकारीहरू बताउँछन्।

जेनजी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईलाई पनि कानुनी दायरामा ल्याउन माग गर्दै मंगलबार टंगालस्थित अख्तियार मुख्यालय घेराउने तयारी गरिरहेको चर्चा फैलिएको छ। त्यसअनुसार सो क्षेत्र वरपर सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ।

उपत्यका प्रहरी कार्यालयले अस्थायी र स्थायी बिटमा कार्यरत सुरक्षाकर्मीहरूलाई प्रहरी प्रभाग र वृत्तमा केन्द्रित हुन निर्देशन दिएको छ। 'सानो संख्यामा रहेका युनिटलाई बलियो युनिटमा खटाइएको छ,' एक जना प्रहरी अधिकृतले बताए।

भदौ २३ र २४ मा भएको प्रदर्शन र त्यसपछि सुरु भएको ‘जेनजी मुभमेन्ट’का कारण सोमबार साँझदेखि काठमाडौँ उपत्यकामा व्यापक सुरक्षा सतर्कता अपनाइएको छ। माइतिघर लगायतका संवेदनशील स्थानहरूमा ठूलो संख्यामा प्रहरी खटाइएको छ। प्रहरी प्रधान कार्यालयले सम्पूर्ण फोर्सलाई 'स्ट्यान्डबाई' अवस्थामा राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।