त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेश जानेको लाइन, आगमन भने शुन्य
काठमाडौँ । कोरोना भाइरस महामारीको दोस्रो लहरले भयवह रुप लिदैँ गएको छ। यो अवस्थामा देशका ४० भन्दा बढी जिल्ला निषेधज्ञा गरिएको छ ।
यस्तो अवस्थामा पनि विदेश जानेको संख्या भने पहिलाको जस्तै छ । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देश छोड्ने मानिसहरुको भीड देखिन्थ्यो ।
कोरोना संक्रमण अत्याधिक बढेपछि सरकारले निषेधाज्ञालाई कडा बनाउँदै अन्तर्राष्ट्रिय उडान रोक्ने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल छाड्नेहरुको भीड बढेको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले २३ गतेदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो ।
आन्तरिक तर्फको सम्पूर्ण उडान आजैबाट बन्द गरिएपनि अन्तर्राष्ट्रिय उडान भने आगामी २३ गतेबाट बन्द गरिँदैछ । अन्तर्राष्ट्रिय उडान रोकिने भएपछि नेपाल छोडेर जानेको भीड विमानस्थलमा बढेको छ । आगामी २३ गतेपछि उडान तालिका भएका विमान कम्पनीहरुले पनि तालिका संशोधन गरेर अगाडी नै यात्रु उडाउन लागेका छन् ।
विमानस्थलमा हातमा पासपोर्ट र झोला बोकेर उभिएका सन्तोष क्षेत्री भन्छन्, म १५ दिनपछि विदेश जाने तयारीमा थिएँ तर, सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएपछि चाँडै जानु परेको छ । विमानस्थलको प्रस्थान कक्षमा भीड भएपनि आगमन कक्ष भने सुन्य थियो । फाट्ट फुट्ट रुपमा केही मानिसहरु मात्रै आएका देखिन्थे ।
सरकारले कोरोनाको संक्रमण झन बढ्दै गएपछि आवागमनको सम्पूर्ण गतिविधि रोक्ने तयारी गरिरहेको छ । १६ गतेदेखि एक हप्ताको लागि जारी भएको उपत्यकाको निषेधाज्ञा अहिले थपेर वैशाख मसान्तसम्म पु¥याएको छ ।