image
image

नेपाल राष्ट्रिय टिमका कुशल भुर्तेल आइसिसीको प्लेयर अफ दि मन्थ को मनोनयनमा     

काठमाडौँ । नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) प्लेयर अफ दि मन्थ को मनोनयनमा परेका छन्। 

आइसिसीले बुधबार सार्वजनिक गरेको अप्रिल महिनाको मनोनयनमा कुशलसँगै पाकिस्तानका दुई खेलाडी पनि समावेस छन्। 

कुशलसँगै पाकिस्तानका फखर जमान र बाबर अजाम पनि मनोनयनमा परेका छन्। कुशल भुर्तेलले यहि महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमार्फत डेब्यू गरेका थिए। 

नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिजमा कुशल भुर्तेलले  पाँच खेलमा चार अर्धशकत प्रहार गरी उत्कृष्ट खेलाडीका रुपमा चिनिएका थिए। कुशलले पाँच खेलमा २७८ रन प्रहार गरेका थिए।

कुशलको उत्कृष्ट प्रदर्शनमा नेपालले घरेलु मैदानमा ११ वर्षपछि उपाधि उचालेको थियो।  

यता फखरले दुई एकदिवसीय शतकसहित ३०२ रन प्रहार गरेका थिए भने बाबरले एकदिवसीय खेलमा २२८ रन र टी–२० मा ३०५ रन प्रहार गरेका थिए। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।