भारतमा थपिए ३ लाख ८२ हजार नया संक्रमित
काठमाडौँ । भारतमा कोरोना भाइरसको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै पनि किसिमको छाँटकाँट देखिदैन । ३ दिन लगातार नयाँ संक्रमितमा कम देखिए पनि मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा अत्याधिक रुपमा वृद्धि देखिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भएको छ। यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकामा भेटिएका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।
यता कोरोनाका कारण ज्यान गुमाउनेहरुको सख्या लगातार रुपमा बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिले ज्यान गुमाइसकेका छन्। यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । यो पनि एक रेकर्ड हो ।