image

थप कडाई गरिएको निषेधाज्ञाको यस्तो छ नयाँ नियमहरु

थप कडाई गरिएको निषेधाज्ञाको यस्तो छ नयाँ नियमहरु

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि निषेधाज्ञालाई वैशाख २९ गतेसम्मका लागि लम्बाइएको छ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकलेयसअघि जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ । 

त्यस्तै सरकारी अत्यावश्यक सेवामा रहेका सरकारी कर्मचारीलाई विभागीय प्रमुखले दिएको पत्र बोक्नुपर्ने भएको छ ।  बैंक तथा वित्तिय क्षेत्रका कार्यालयले २० प्रतिशत कर्मचारी राखेर मात्र सेवा दिन निर्देशन दिइएको छ ।

साथै यसअघि जारी गरिएका सम्पूर्ण सवारी पास खारेज गर्ने र अति आवश्यक अवस्थामा वाहेक जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी नगर्ने नगर्ने निर्णय भएको छ ।

यस्ता छन् अन्य नियमहरु :
अत्यावश्यक कार्य, बिरामी कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने । विकास निर्माण सम्बन्धमा सम्बन्धित आयोजनाहरुले नै आवासीय कामदार राखी अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने गराउने ।

त्यस्तै अत्यावश्यक सेवा वाहेकका  सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरु एक चौथाई कर्मचारीमात्र उपस्थित हुने गरी सञ्चालन गर्ने ।   सरकारी कर्मचारीलाई मन्त्रालयको सचिव वा विभागीय प्रमुखद्वारा जारी गरेको सवारी पास र परिचयपत्रका आधारमा मात्र आवत जावत गर्न दिने।  

अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर खाद्य सामग्री मात्र बिक्री गर्ने प्रयोजनका लागि बिहान ९ बजेसम्म मात्र खुला गर्ने ।  पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवत जावतमा सहजीकरण गर्ने । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी÷कर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहहरूले न्यूनतम कर्मचारीहरु मात्र खटाउने र सो को विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउने ।

फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यापार व्यवसाय सञ्चालन एवम् कवाडी संकलनमा रोक लगाउने । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने ।
 
  
   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोसमा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।